Roshan Adhikary

Roshan Adhikary

Tuesday, October 16, 2012

दशैंको रंग

**********************
कतै मिष्ठान्नले संतृप्त घरमा पलेटी
कतै भोकले अतृप्त ओठमा कलेटी
कहिँ रंगीचंगी पोसाकको रमिता
कहिँ फाटेका टालाले जोगाउने अस्मिता
महानतम दशैंको अनौठो चरित्र
धनि छन् प्रफुल्ल रुन्छन दरिद्र

कतै दक्षिणामा खर्चिन्छन् हजार
कतै खर्चहीन रोगी पर्छन लम्पसार
कहिँ चामल असाध्यै ओइरिन्छन् अक्षतामा
कहिँ भोका असाध्यै रुन्छन नैराश्यतामा
महानतम दशैंको अनौठो चरित्र
उल्लास छ कतै त कतै आँशु बलिन्द्र
*********************

Tuesday, September 18, 2012

यथार्थता

नगरेको प्रेमकी प्रेमिकालाई
देउती बनाएर समर्पणमा
पुष्पगुच्छा म किन चढाउँ
कपोलकल्पनामा?
मुस्कान मभित्र छर्न आँशु आफ्ना बगाउने
समर्पण ममा गरेर जीवन पार लगाउने
बाआमाको यथार्थता के बिलिन भयो र?

भद्दा सौन्दर्य चर्चामा
काल्पनिक प्रेमिकाको
प्रशंसाको भीमकाय पुल
म किन बाधौँ फिज़ुलमा?
चाउरी परेका गालामा ती ममता अझै रसाउने
थकित मलिन आँखामा नि उत्साह प्रेरणा बसाउने
 बाआमाको सौन्दर्य के कुरूप भयो र?

"यादमा तिम्रो जलिराछु
प्रेमबियोगमा तड्पीराछु"
कवितामा किन बगाउँ
नौटंकी आँशु बेफ्वाँकमा?
मेरो सफलताको कामनामा कुरिबसेका
हार्दा मलाई प्रेरणाले जित्न कमर कसेका
बाआमाका अधुरा सपना के मजाक भए र?




Sunday, August 19, 2012

बाटो फेर्छु



पहिलो पाईला चाल्छु म त
दोश्रो तिम्रै पालो हेर्छु
अन्ठ्याएर बस्छ्यौ भने
म त आफ्नो बाटो फेर्छु

खुशामतमा तिम्रो मैले
बिताएका साथ केर्छु
बैगुनीले बिर्से हुन्छ
चिताएका बात टेर्छु

कांढे तारले तिमीतिर
जाने बाटो सबै घेर्छु
आशै गर्न छोडे हुन्छ
अंगालोमा अझै बेर्छु

सोच्दै हौली अझै तिमी
माया  देखाई झनै पेर्छु
मायामा म श्याल थिएँ
होश गर आज शेर छु

Wednesday, August 15, 2012

अविश्वासी माया



मौन हुँदा आँखा मेरा पढ्छु भन्ने मायालुका
अबुझ नजर जिज्ञाशामा स्पष्टोक्ति खोजीरहे
मैले मौनता रोजिरहें
उसका एकोहोरा प्रश्न कराए
आँखा उघारेर प्रतिप्रश्न धराएँ
आँखा पढ्ने मन खै कता हराए?

सदा सदा विश्वास मेरो गर्छु भन्ने मायालुका
शंकालु ती नजरहरु पाइलाहरु पछ्याईरहे
मैले माया बर्षाइरहें
उसका आरोपले अविश्वास पिलाए
मैले आक्रोशमा नजर मिलाएँ
विश्वास भावना खै कता बिलाए?

अजम्मरी माया मेरो गर्छु भन्ने मायालुका
चन्चले मन यत्रतत्र आकर्षणमा डुलीरहे
म मायामा भुलिरहें
उसको चरित्र चर्चा गुन्जियो
श्वास फेरें लामो एक, गुत्थी सुल्झियो
अजम्मरी माया खै कता टुंगियो?

Tuesday, August 14, 2012

बिर्सियौ कि?


कालो पाटी भित्तामाथी सजाएर राखेका ती
तोते बोली यौटै लोली मिलाएर गाएका ती
A B C D  बिर्सियौ कि?
क ख ग घ बिर्सियौ कि?
आज पनि म त टाइप ABCD सँग गर्छु
भावनालाई चित्र दिन कखगघ रङ्ग भर्छु

अनिवार्य गृहकार्य नगर्दाको कानेखुशी
डेस्कमुनि कापी राखी सार्दाको मिठो खुशी
सजाय ती बिर्सियौ कि?
स्याबासी ती बिर्सियौ कि?
आज पनि गल्ति गर्दा सजाय ती खड्कीरहन्छन
स्याबासी ती पाउनलाई पाइलाहरु भड्किरहन्छन

Thursday, July 26, 2012

हराउँदै छु म

शायद म हराउँदै छु 
उद्देश्यलाई सपना सम्झी निन्द्रामै कराउँदै छु 
वर्तमान अकर्मण्यताको परिणामले डराउँदै छु 
आफ्नै खेतको बालीमा वस्तु चराउँदै छु 
चमक हैन म विलीनता मन पराउँदै छु 
साँचै म हराउँदै छु 
*****
शायद म लडखडाउदै छु 
संघर्षका शिंढीहरु जीवन बाट हटाउँदै  छु
कुम्भकर्ण भएर ऐश आराम कटाउँदै छु 
रंगीन आजद्वारा कालो भोलि निम्त्याउँदै छु 
छिर्नु छ सफलताको धोका निरीह पाईला बढाउँदै छु 
छिरे कर्मठहरु म धोका खटखटाउँदै छु 
म त जीवनबाट लडखडाउदै छु 
**********

Monday, July 2, 2012

श्यामश्वेत वर्तमान

चाकरीको टोकरी बोकेर नोकरी माग्ने अलक निरन्जनको भाकासँग
अनि नातावादको डोको बोकेर आश्वासनको पोको माग्न पहुँचवाल काकासँग
अभ्यस्त हुन सक्दिन म अरुकै इशारामा नाच्ने मेरा जीवनका खाकासँग

बरु श्यामश्वेत वर्तमानमा धमिलिएर
असंख्य रंग भर्दै सपनाका कपोल चित्रहरुमा
आलश्यतामै स्वप्नपान गर्छु .......

Wednesday, June 27, 2012

उपदेश

   *********************
पिउ अझ पिउ फोक्सो च्यातिने गरि पिउ धुँवा पिउनेहरू
सट्ट सलाई  कोर्यो चट्ट चुरोट तान्यो मस्त जिउनेहरू
जीवन निरस भयो भन्दै सोमरस भर्नेहरू
रोगको छ थुप्रो त्यसमा दुर्व्यसन गर्नेहरु
आज छ रंगीन दुनिया तिम्रो मोज मस्ती गरी
उजाड़ने छ कालो भोलिले तिम्रो दुनिया नराम्रो गरि
   *********************

शिकायत जिन्दगीको

    ****************
फगत आँशु थोपाभित्र चुर्लुम्म जिन्दगी भो
रगत सुकी टाटाबीच अलमल्ल जिन्दगी भो 
आँशु छ्याप्ने मुहान सबै सुकाएर हाँस्न पाए 
निर्लज्ज यी रक्तटाटा लुकाएर मास्न पाए 
नहुन्थ्यो कुनै शिकायत जिन्दगीको 
रहन्थ्यो सुनै नियत जिन्दगीको

मात्र दुख्ख भवसागरको अपार जिन्दगी भो 
पात्र पीडा मन्चनघरको हतार जिन्दगी भो 
दुख्ख तार्ने नाउ खियाई सुखद्वीपमा बाँच्न पाए 
जिन्दगीलाई मद पिलाई नेपथ्यमै नाच्न पाए
नहुन्थ्यो कुनै शिकायत जिन्दगीको
रहन्थ्यो सुनै नियत जिन्दगीको

केवल कष्ट खाँदिएको धोक्रो जिन्दगी भो
देवल जस्तै धमिराको खोक्रो जिन्दगी भो
नष्ट गरी कष्ट सबै हर्षश्वास फेर्न पाए
उमङ्ग भर्दै हांसीखुशीको उत्कर्षवास हेर्न पाए
नहुन्थ्यो कुनै शिकायत जिन्दगीको
रहन्थ्यो सुनै नियत जिन्दगीको

   ****************

Tuesday, June 26, 2012

आऊ न माया

    ***************
शब्द शब्द माया घोली तिम्रै सामू पोखिदिंदा
कत्ति पनि झुकेनन् मायालु यी नजरहरु 
बरु तिम्रै कोमल मनलाई कतै ठेस पुग्यो कि त 
आऊ न माया संगै गासौं सुनौलो मायाप्रीत 

तिम्रै नाम लेखी मैले हात यी काटीदिंदा
कत्ति पनि दुखेन यो पागलप्रेमी मन मेरो 
बरु तिम्रै नाम पो अपवित्र भयो कि त 
आऊ न माया छर्किदिन्छु मायाको अमृत 

रक्ताम्य यो छातीलाई तिम्रै सामू ओछ्याईदिंदा
कत्ति पनि कापेन ती पाउ तिम्रा बजाई दिंदा
बरु तिम्रै पाउहरू रगतले मैलिए कि
आऊ न माया पुछिदिन्छु भिजेका यी परेलीले...

सम्झी सम्झी तिमीलाई वियोगमा बांचिदिदा 
सम्झना नै रहने भो माया तिमीले भांचिदिदा
बरु तिमीलाई मेरी माया बदुकिले सताउला
अझै पनि आऊ न माया जीवनभरी हंसाउला 

 ***************

मौन प्रेमी

      ***************
मेरो मनमा राज गर्ने उनी मुख्तियार भैछ
मौन उनी म नि उस्तै दुवै मनमा प्यार रैछ

प्रस्ताव आउला स्वीकार गर्छु भनि मौन पर्खिरहे
यसकै अख्तियार गर्ने उ पो मतियार भैछ
पर्खाइमा बाँच्यौ दुवै एक अर्काको प्रस्तावको
प्रहार गर्नै नजानिने प्रस्ताव हतियार रैछ
मौन उनी म नि उस्तै दुवै मनमा प्यार रैछ

नदेख्द/को आशक्ति यो हेरी तृप्ति नमेटिने
स्थायी निवास मनमै राख्ने उनी संधियार भैछ
के गर्लिन र विश्वास मेरो भनी शंकोच गरेको त
मेरा हरेक अलफाजमा उनलाई पत्यार रैछ
मौन उनी म नि उस्तै दुवै मनमा प्यार रैछ

ढिलो गर्नु हुन्न भनि प्रस्ताव राख्न घर जाँदा
विदा हुनै लागेको त्यो डोली तम्तयार रैछ
बाटो हेरी धेरै मेरो, नगर्ने प्यार मैले ठानी
आँशु आफ्ना झार्दै उनी परायाको यार भैछ
मौन उनी म नि उस्तै दुवै मनमा प्यार रैछ

         ***************

फेसबुक च्याट

नभेट्या त हैन अरु हाई काढ्दै हेल्लो फ्याँक्ने 
मित्रताको पुलमाथि मृदुभाषी गाडी हाँक्ने 
तर तिम्रो हाई हेल्लोले इन्टरनेट नै नशा भयो 
च्याट बिना छटपटाउने मेरो मनको दशा भयो 

नठगेको हैन काम अफिसबाट निस्किएर 
प्रमुखको आँखा छली साथीसंग जिस्किएर 
तर तिम्रो फेसबुक च्याटमा काम अस्तव्यस्तै भयो 
पढ्न छोडी च्याट गर्दा तिमीलाई पनि त्यस्तै भयो 

नकाट्या नि हैन रात किताबमा घोरिएर
कहिलेकाहीं साथीभाइको जमघटमा सोहोरिएर
तर आजकल रातहरु तिम्रै च्याटमा ठिक्क भए
एकोहोरो हुँदै गएँ सम्झाउने चाहिँ दिक्क भए ..
       ******************

केही टुक्राहरू !!!

गन्तव्यका बाटाहरु खोजिरहेछन पाईलाहरु 
अधैर्य भई अनिश्चिततामा दौडीरहेछन पाईलाहरु 
मानौं व्यघ्रतामा जलतृष्णाको छटपटाईरहेछन माछाहरु 
मानौं शिघ्रतामा स्तनपानको हडबडाईरहेछन बाच्छाहरु 
अनिश्चितताकै नेपथ्य बाट गुन्जिरहेछन आवाजहरु 
"तेरा क्या होगा कालिया?"

     
     ******************


आश्वासनकै बुजो लगाई खाली हात फर्काउनेको 
भर लाग्नै छोड्यो अब आशा तापमा झर्काउनेको
भोलिवादी गीत बजाई दिनै नृत्य गराउनेको 
कर्कश लाग्न थाल्यो आवाज आश्वासनमा कराउनेको
       
      *******************