Roshan Adhikary

Roshan Adhikary

Sunday, August 19, 2012

बाटो फेर्छु



पहिलो पाईला चाल्छु म त
दोश्रो तिम्रै पालो हेर्छु
अन्ठ्याएर बस्छ्यौ भने
म त आफ्नो बाटो फेर्छु

खुशामतमा तिम्रो मैले
बिताएका साथ केर्छु
बैगुनीले बिर्से हुन्छ
चिताएका बात टेर्छु

कांढे तारले तिमीतिर
जाने बाटो सबै घेर्छु
आशै गर्न छोडे हुन्छ
अंगालोमा अझै बेर्छु

सोच्दै हौली अझै तिमी
माया  देखाई झनै पेर्छु
मायामा म श्याल थिएँ
होश गर आज शेर छु

Wednesday, August 15, 2012

अविश्वासी माया



मौन हुँदा आँखा मेरा पढ्छु भन्ने मायालुका
अबुझ नजर जिज्ञाशामा स्पष्टोक्ति खोजीरहे
मैले मौनता रोजिरहें
उसका एकोहोरा प्रश्न कराए
आँखा उघारेर प्रतिप्रश्न धराएँ
आँखा पढ्ने मन खै कता हराए?

सदा सदा विश्वास मेरो गर्छु भन्ने मायालुका
शंकालु ती नजरहरु पाइलाहरु पछ्याईरहे
मैले माया बर्षाइरहें
उसका आरोपले अविश्वास पिलाए
मैले आक्रोशमा नजर मिलाएँ
विश्वास भावना खै कता बिलाए?

अजम्मरी माया मेरो गर्छु भन्ने मायालुका
चन्चले मन यत्रतत्र आकर्षणमा डुलीरहे
म मायामा भुलिरहें
उसको चरित्र चर्चा गुन्जियो
श्वास फेरें लामो एक, गुत्थी सुल्झियो
अजम्मरी माया खै कता टुंगियो?

Tuesday, August 14, 2012

बिर्सियौ कि?


कालो पाटी भित्तामाथी सजाएर राखेका ती
तोते बोली यौटै लोली मिलाएर गाएका ती
A B C D  बिर्सियौ कि?
क ख ग घ बिर्सियौ कि?
आज पनि म त टाइप ABCD सँग गर्छु
भावनालाई चित्र दिन कखगघ रङ्ग भर्छु

अनिवार्य गृहकार्य नगर्दाको कानेखुशी
डेस्कमुनि कापी राखी सार्दाको मिठो खुशी
सजाय ती बिर्सियौ कि?
स्याबासी ती बिर्सियौ कि?
आज पनि गल्ति गर्दा सजाय ती खड्कीरहन्छन
स्याबासी ती पाउनलाई पाइलाहरु भड्किरहन्छन