मौन
हुँदा आँखा मेरा पढ्छु भन्ने मायालुका
अबुझ
नजर जिज्ञाशामा स्पष्टोक्ति खोजीरहे
मैले
मौनता रोजिरहें
उसका
एकोहोरा प्रश्न कराए
आँखा
उघारेर प्रतिप्रश्न धराएँ
आँखा
पढ्ने मन खै कता हराए?
सदा
सदा विश्वास मेरो गर्छु भन्ने मायालुका
शंकालु
ती नजरहरु पाइलाहरु पछ्याईरहे
मैले
माया बर्षाइरहें
उसका
आरोपले अविश्वास पिलाए
मैले
आक्रोशमा नजर मिलाएँ
विश्वास
भावना खै कता बिलाए?
अजम्मरी
माया मेरो गर्छु भन्ने मायालुका
चन्चले
मन यत्रतत्र आकर्षणमा डुलीरहे
म
मायामा भुलिरहें
उसको
चरित्र चर्चा गुन्जियो
श्वास
फेरें लामो एक, गुत्थी सुल्झियो
अजम्मरी
माया खै कता टुंगियो?
No comments:
Post a Comment