शायद म हराउँदै छु
उद्देश्यलाई सपना सम्झी निन्द्रामै कराउँदै छु
वर्तमान अकर्मण्यताको परिणामले डराउँदै छु
आफ्नै खेतको बालीमा वस्तु चराउँदै छु
चमक हैन म विलीनता मन पराउँदै छु
साँचै म हराउँदै छु
*****
शायद म लडखडाउदै छु
संघर्षका शिंढीहरु जीवन बाट हटाउँदै छु
कुम्भकर्ण भएर ऐश आराम कटाउँदै छु
रंगीन आजद्वारा कालो भोलि निम्त्याउँदै छु
छिर्नु छ सफलताको धोका निरीह पाईला बढाउँदै छु
छिरे कर्मठहरु म धोका खटखटाउँदै छु
म त जीवनबाट लडखडाउदै छु
**********
No comments:
Post a Comment