#टाउको
पीर पर्यो समाउंछन् टाउको।
सोच्नु पर्यो कन्याउंछन् टाउको।
स्याबासीमा थपथपाउंछन् टाउको।
मायाले सुमसुम्याउंछन् टाउको।
तर किन बदनाम छ टाउको?
काटिन्छ टाउको।
छापिन्छ टाउको।
नापिन्छ टाउको।
धारे हातको निशाना टाउको।
दुःखी हुन्छन् अभागी टाउको।
बुद्धि बिग्रीन्छ दिमागहीन टाउको।
असह्य हुन्छन् बजार्छन टाउको।
आखिर किन उपेक्षित छ टाउको?
कुटाउंछन् टाउको।
फुटाउंछन् टाउको।
लुटाउंछन् टाउको।
भुल गर्ने शरीर निहुरिने टाउको।
फूल टिप्ने हात सिउरिने टाउको।
काम गर्ने अरु सरापमा टाउको।
जस्तै समयमा नि धरापमा टाउको।
खोई किन बेहाल छ टाउको?
झुकाउंछन् टाउको।
ठोकाउंछन् टाउको।
ढोगाउंछन् टाउको।
खप्पर पुर्पुरो अनेकानेक नाउंको।
भाग्य लेखिने सिलेट हो टाउको।
सबभन्दा विशिष्ट बुद्धिमान टाउको।
हाकिम हो यो हातदेखि पाउको।
ऋण बोक्छ साहुको।
पिर बोक्छ बाउको।
सबैलाई चलाउने केन्द्रीय टाउको।
सबैको गल्ती आफूमाथि लिने।
शरीरको सर्वाधिक उच्च ठाउंको ।
कोटी कोटी नमन छ सहनशील टाउको।
पीर पर्यो समाउंछन् टाउको।
सोच्नु पर्यो कन्याउंछन् टाउको।
स्याबासीमा थपथपाउंछन् टाउको।
मायाले सुमसुम्याउंछन् टाउको।
तर किन बदनाम छ टाउको?
काटिन्छ टाउको।
छापिन्छ टाउको।
नापिन्छ टाउको।
धारे हातको निशाना टाउको।
दुःखी हुन्छन् अभागी टाउको।
बुद्धि बिग्रीन्छ दिमागहीन टाउको।
असह्य हुन्छन् बजार्छन टाउको।
आखिर किन उपेक्षित छ टाउको?
कुटाउंछन् टाउको।
फुटाउंछन् टाउको।
लुटाउंछन् टाउको।
भुल गर्ने शरीर निहुरिने टाउको।
फूल टिप्ने हात सिउरिने टाउको।
काम गर्ने अरु सरापमा टाउको।
जस्तै समयमा नि धरापमा टाउको।
खोई किन बेहाल छ टाउको?
झुकाउंछन् टाउको।
ठोकाउंछन् टाउको।
ढोगाउंछन् टाउको।
खप्पर पुर्पुरो अनेकानेक नाउंको।
भाग्य लेखिने सिलेट हो टाउको।
सबभन्दा विशिष्ट बुद्धिमान टाउको।
हाकिम हो यो हातदेखि पाउको।
ऋण बोक्छ साहुको।
पिर बोक्छ बाउको।
सबैलाई चलाउने केन्द्रीय टाउको।
सबैको गल्ती आफूमाथि लिने।
शरीरको सर्वाधिक उच्च ठाउंको ।
कोटी कोटी नमन छ सहनशील टाउको।
No comments:
Post a Comment